नेपाल–भारत यातायात सेवा सञ्चालनमा कठिनाइ
काठमाडौं । बसपार्कको प्रबन्ध नहुँदा नेपाल–भारतको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध जोड्ने कडीको रूपमा रहेको स्थलमार्गबाट सञ्चालन हुने यातायात सेवा प्रवाहमा कठिनाइ देखिएको छ । खुला सिमानाका कारण वार्षिक लाखौं भारतीय पर्यटकहरू स्थलमार्ग हुँदै नेपालमा आवतजावत गर्नेगरेका छन् । तर सिधा नेपाल–भारत चल्ले सवारी सञ्चालन गर्न सुविधायुक्त बसपार्क अभावका कारण कठिनाइ उत्पन्न भएको बताइएको छ । नेपाल–भारत सिधा चल्ले सवारीको अभावले दुवै देशमा आवतजावत गर्ने नागरिकलाई धेरै सवारी फेरबदल गर्नुपर्ने बाध्यता रहेको छ । दुई देशको बीचमा सहज आवातजावत यातयात प्रणालीलाई विकसित गर्न नेपालले सुविधासम्पन्न बसपार्क निर्माण गर्नुपर्ने स्वयम्भु मञ्जुश्री यातायात प्रालिका अध्यक्ष छिरिङ शेर्पा बताउँछन् ।
उनका अनुसार भारततर्फ भने सुविधाजनक प्रबन्धसहितको बसपार्क रहेको छ । स्वयम्भु मञ्जुश्री यातायात प्रालिले हाल नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गरिरहेको छ । नेपाल–भारत मैत्री बस सेवालाई भरोसायोग्य गरी राष्ट्रिय अर्थतन्त्र र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने हेतुले दुवै देशका कार्यकारी प्रमुखले सो बस सेवाको उद्घाटन गरेका थिए । कम्पनीले हाल काठमाडौंको स्वयम्भुबाट यातायात सञ्चालन गरिरहेको अध्यक्ष शेर्पाले बताए । एसियाली मुलुकमा भारतले आर्जन गरिरहेको उन्नतिलाई नेपालले पनि सिक्दै मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभिभारालाई योगदान गर्ने आकांक्षासहित कम्पनी स्थापना भएको बताइएको छ । सवारी पार्किङ(बसपार्क)को असुविधाले समस्या परेको उनको गुनसो छ । बसपार्क नहुँदा भारतीय पर्यटकलाई समेत नकारात्मक सन्देश जाने उच्च सम्भावना बढेको उनले बताए ।
दीर्घकालीन आर्थिक समृद्धिका लागि पनि बसपार्क सञ्चालन आवश्यक रहेको उनले बताए । कम्पनीका सल्लाहकार दिपक पुन मगर नेपालको पूर्व, दक्षिण र पश्चिममा लगभग १८५० किलोमिटरभन्दा बढीको सिमाना भारतसँग जोडिएकाले यहाँ घनिष्ठ भाषिक, धार्मिक र सांस्कृतिक सम्बन्ध समेत रहेको बताउँछन् । यसले गर्दा नेपाल–भारत सम्बन्ध जीवन्त रहनुपर्ने उनको भनाइ छ ।
स्वयम्भु मञ्जुश्री यातायात प्रालिले हाल २८ वटा बस सञ्चालन गरिरहेको छ । यस्तै, सातवटा थप गरिएको र ४० वटा थप्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । ७५ वटा सुविधायुक्त यातायातको व्यवस्था गर्ने कम्पनीको लक्ष्य रहेको संस्थापक अध्यक्ष लाक्पा शेर्पाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया