काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोस्टर पठाएको थियो । रोस्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा जानेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१औँ प्रधानन्यायाधीश बन्नेछन् । उनको कार्यकाल २०८१ असोजसम्म हुनेछ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण यही साउन २० गते अनिवार्य अवकाश लिनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पर्यटन क्षेत्रमा बैंकहरूको लगानी बढ्यो
- राज्यकोषमा करोडौं भार थपिने गरी बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राखिँदै
- द्वन्द्वग्रस्त मुलुकमा जान १६ सयबढीलाई सरकारले दियो श्रम स्वीकृति
- तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया