काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । ४३ वर्षीय पत्रकार रिजालको शुक्रबार बिहान ३ बजेर १२ मिनेट जाँदा हृदयघातको कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
पत्रकार रिजाल बिहीबार दिनभर कार्यालयको काम गरी साँझ कार्यालयनजिकै कुपण्डोलस्थित कोठामा फर्किएका थिए । नियमितजस्तै खाना खाएर सुतेका रिजाललाई हृदयघात भएपछि राति २ बजेर ५ मिनेट जाँदा नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालका अनुसार रिजाललाई अस्पताल पु¥याउँदा अचेत थिए । अस्पतालले बन्द भएको मुटुको गतिलाई पुनः सञ्चालन गर्ने प्रयास गरे पनि सफल नभएपछि मृत घोषणा गरेको थियो ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजार (भुवानीखर्क) निवासी रिजाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका साधारण सदस्य पनि हुन् । स्वर्गीय रिजालको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ भने नियमित काजकिरिया भने धादिङस्थित निवासमै सुरु गरिएको छ । स्वर्गीय रिजाल आर्थिक दैनिकका संस्थापक सम्पादक एंव आर्थिक दैनिक प्रालिका अध्यक्ष प्रल्हाद रिजालका सहोदर साइँलो भाइ हुन् । स्वर्गीय रिजालका एक श्रीमती र एक छोरी छन् ।
यसैबीच, आर्थिक दैनिकका सम्पादक रामप्रसाद पुडासैनीले शोक वक्तव्य जारी गरी आर्थिक दैनिकले एक असल, कर्तव्यनिष्ठ, जुझारु र ऊर्जाशील युवा पत्रकार÷कर्मचारीलाई गुमाएकोमा दुःख व्यक्त गरेका छन् । साथै शोक वक्तव्यमा स्वर्गीय रिजालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको घडीमा उनको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया