‘निर्माण व्यवसायीलाई भुक्तानी दिन बजेट छैन’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी तत्काल दिन कठिन रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ वार्षिकोत्सव कार्यक्रममा बजेट अभावका कारण भुक्तानी दिन नसकिने बताएका हुन् ।
अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएकाले अहिले समस्या आएको बताएका छन् । बजेटको स्रोत सुनिश्चितता नगरेको आधारमा बहुवर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेट नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्ने समस्या आएको बताए ।
आफूहरुले गरिसकेको कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलनमा होमिएका छन् । यसबाहेक नसकिएका आयोजनाहरुको म्याद थप, निर्माण सामग्रीको आपूर्ति र बैंक कर्जासम्बन्धी समस्याले पनि अप्ठ्यारोमा परेको र यसको समाधान सरकारले गर्नुपर्ने माग व्यवसायीको छ । तर सबैभन्दा बढी सरकारले भुक्तानी नदिएरै समस्या परेको व्यवसायीको गुनासो छ । निर्माण व्यवसायी महासंघका अनुसार सरकारले काम फत्ते भइसकेको करिब १० अर्ब भुक्तानी दिन बाँकी छ ।
सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्र नै संकटमा पुगेको व्यवसायीको गुनासो छ । तीन तहकै सरकारले विकासका आश्वासन दिने तर स्रोत व्यवस्थापन गर्न नसक्ने समस्या रहेको निर्माण व्यवसायीले बताउने गरेका छन् । स्थानीय सडक र स्वास्थ्य क्षेत्रमा यो खालको समस्या धेरै रहेको छ ।
यसबाहेक पेट्रोलियम पदार्थको मूल्य बढेका कारण भएको नोक्सानीमा सरकारले सहयोग गर्नुपर्ने माग पनि निर्माण व्यवसायीको छ । यस्तै, खरिद नियमावलीमा १२औँ संशोधन गरेर सबै आयोजनालाई एक वर्ष म्याद थप्ने व्यवस्था गरिए पनि चार सयजति कार्यालयले पालना नगरेको व्यवसायीको आरोप छ । सरकारकै कारण निर्माण व्यवसायीले काम गर्न नसक्ने तर आयोजना समयमै सम्पन्न नहुँदा आफूहरु नै बदनाम भइरहेको गुनासो पनि व्यवसायीको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया