Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४० अर्ब ५७ करोड

निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४० अर्ब ५७ करोड


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा कुल ४० अर्ब ५७ करोड ५२ लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन दशमलव ५९ प्रतिशत अर्थात् एक अर्ब ४० करोेड ५२ लाख ४० हजार रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ३९ अर्ब १६ करोड ९९ लाख ९० हजार रूपैयाँ थियो ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमध्येमा सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले उठाएको छ । अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ९२ लाख २० हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ५२ करोड २१ लाख ७० हजार रूपैयाँ बीमाशुल्क उठाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी चार अर्ब ५५ करोड २३ लाख २० हजार रूपैयाँ उठाएर धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीमा दोस्रो स्थानमा छ । अघिल्लो आर्थिक वर्षमा सगरमाथाले चार अर्ब ६९ करोड छ लाख ७० लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ५१ करोड ६६ लाख ४० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो रकम चार अर्ब ७६ करोड ८४ लाख ४० हजार रूपैयाँ रहेको थियो ।

युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने आर्थिक वर्ष २०७/८० मा क्रमशः तीन अर्ब ४२ करोड ७३ लाख ७० हजार, तीन अर्ब ३९ करोड एक लाख र तीन अर्ब ३५ करोड ३९ लाख २० हजार रूपैयाँ रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा भने यी कम्पनीहरूको यस्तो रकम क्रमशः तीन अर्ब २१ करोड ७२ लाख १० हजार, तीन अर्ब १० करोड ६१ लाख ९० हजार र तीन अर्ब २८ करोड ४६ लाख २० हजार रूपैयाँ थियो । यसैगरी नेको र एनएलजी इन्स्योरेन्सले क्रमशः दुई अर्ब ९२ करोड २४ लाख रूपैयाँ र दुई अर्ब ४० करोड ५४ लाख ९० हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले क्रमशः दुई अर्ब ८५ करोड ३८ लाख ३० हजार र दुई अर्ब ३७ करोड १० लाख ७० हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यसैगरी राष्ट्रिय बीमा कम्पनी, सानिमा जीआईसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० क्रमशः दुई अर्ब ३७ करोड २३ लाख ३० हजार, दुई अर्ब ३२ करोड ४४ लाख ९० हजार र एक अर्ब ६५ करोड ८७ लाख ८० हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले क्रमशः दुई अर्ब ६४ करोड ७१ लाख ९० हजार, एक अर्ब ९४ करोड ५२ लाख २० हजार र एक अर्ब ३५ करोड ७४ लाख ८० हजार रूपैयाँ शुल्क आर्जन गरेका थिए ।

यसबाहेक नेपाल इन्स्योरेन्स कम्पनी, ओरिन्यटल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स कम्पनीले पनि क्रमशः एक अर्ब ५८ करोड ५८ लाख ९० हजार, एक अर्ब ५२ करोड ५० लाख २० हजार र एक अर्ब एक करोड ८३ लाख ३० हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको यस्तो रकम क्रमशः एक अर्ब ५८ करोड ६० हजार, एक अर्ब ४४ करोड १८ लाख ९० हजार र ९० करोड ६६ लाख रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया