काठमाडौं । गैरसरकारी संस्था एक्सन एड इन्टरनेसनल नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष अगस्ट १२ को दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना भएको उक्त कार्यक्रममा एक्सन एड इन्टरनेसनल नेपालका कर्मचारी र युवाहरू गरी १८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको एक्सन एडले जनाएको छ ।
कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा रहेकोले रक्तदान गर्न कन्जुस्याइँ गर्न नहुने बताइन् । कार्यक्रम सानो भए पनि रगतको आवश्यकता हुनेका लागि एकदमै महत्वपूर्ण सहायता भएको उनको भनाइ थियो । यो वर्षायामको समयमा नेपालमा बाढी, पहिरोजस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था रहेकाले हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको एक्सनएडले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया