वनलाई आर्थिक समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाउनुपर्छ : वनमन्त्री महतो
काठमाडौं । वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने माध्यमका रुपमा अघि बढाइने वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बताएका छन् । नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो ।
आइतबार राउण्ड टेवल नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गरे । साथै उनले परा–पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए । मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए ।
उनले भने, ‘‘नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ । वनलाई पनि नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाउनुपर्छ । हामी जिम्मेवार निकायका सबैबीच समन्वय भएर काम भइरहेको छ । हरियो वन नेपालको धन भन्ने नारालाई पूरा गर्न नवीन ढङ्गले काम गर्नुपर्छ ।”
सो क्रममा हरेक व्यक्तिको जन्मदिनलाई सम्झनलायक बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ–डे पार्क’ बनाउन सकिने मन्त्री महतोले अवधारणा सुनाए । उनले भने, “वृक्षरोपणसँगै यसको संरक्षण पनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।”
उनले वनलाई आम्दानीको माध्यम बनाउनुपर्ने र वनलाई अब मुलुकको समृद्धिसँग जोड्नुपर्ने भनाइ राखे । अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भइरहेको तर स्वदेशमै भएका काठ कुहिएर जानु दुःखको विषय भएको बताउँदै उनले वनलाई समृद्धिसँग जोडेर जानुपर्नेमा जोड दिए ।
काठमाडौं महानगर–१२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौँ बनाउने उद्देश्यले एक लाख बिरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भरहेको बताए ।
संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवाल, अन्तर्राष्ट्रिय अध्यक्ष जयन्त अग्रवालले संस्थाले गरेका काम र आगामी योजनाबारे प्रकाश पार्दै संस्थाले प्रतिबद्धता जनाएको भन्दा झण्डै दोब्बर बिरुवा रोप्न सफल भएको जानकारी गराए । सो अवसरमा विद्यालय परिसरमै मन्त्री महतोले वृक्षरोपण पनि गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया