नगरकोटीलाई ‘लकस नेपाल वर्ष व्यक्तित्व’ सम्मान
काठमाडौं । लकस नेपालले ‘लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान’ बाट गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई सम्मान गरेको छ । लकसले आफ्नो १३ औँ स्थापना दिवसको अवसर पारेर सो सम्मान प्रदान गरेको हो ।
लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धीकरण ट्याङ्की निर्माण तथा निरन्तर व्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई एक कार्यक्रमका बीच वाग्मती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले सम्मान गरेका हुन् । उनको सो कार्यले ८५ घरपरिवारले शुद्ध पानी पिउन पाएका छन् । लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर सञ्चालन एवम् व्यवस्थापन गरिरहेका छन् । यस्तै, कार्यक्रममा स्थानीय उत्पादनहरू प्रदर्शनी तथा बिक्री स्टाल समेत राखिएको थियो ।
लकस नेपालको सहजीकरणमा अहिले बागमती गाउँपालिका वडा ३ स्थित भट्टेडाँडाको सातकन्या सामुदायिक कृषक समूहको अगुवाईमा मास्क उत्पादन, जडीबुटी खेती, पशुपालनका लागि घाँस उत्पादन तथा गोदावरी नगरपालिका वडा ४ बडीखेलमा ठूलो खोला आमा समूहको अगुवाईमा मास्क उत्पादन, साबुन उत्पादन, जडीबुटी खेती कार्यक्रम सम्पन्न भएको छ । यस्तै, हालैमात्र ललितपुर महानगरपालिका वडा २२ फर्सीडोल, गोदावरी नगरपालिका वडा ४ मासडाँडा, गोदावरी नगरपालिका –६ लप्सेमा संस्थाको कार्यस्थल विस्तार गरी कार्य योजनाअनुरूप कार्यक्रमहरू आरम्भ गरिएको संस्थाका कार्यबाहक अध्यक्ष सुरजवीर बज्राचार्यले जानकारी दिए ।
लकस नेपालले आउटरिच इन्टरनेसनलसँगको सम्झौतामा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, जडीबुटी खेती, गोलभेँडा टनेल खेती, घाँस उत्पादन, बचत तथा ऋणमार्फत जीवनस्तर उकास्ने, पानी शुद्धीकरण ट्याङ्की निर्माणलगायतका कार्यमा सहकार्य गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया