Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोली बोकेर हिँड्नेलाई शान्तिको जिम्मा !

गोली बोकेर हिँड्नेलाई शान्तिको जिम्मा !


काठमाडौं । गहना राख्नका लागि ग्राहकलाई बैंकले उपलब्ध गराएको लकरलाई दुरुपयोग गरी बन्दुकको गोली राखेको पुष्टि भएका डा. ल्हारक्याल लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लुम्बिनी विकास कोषजस्तो बुद्ध धर्मको आस्थाको संस्था सञ्चालनको महत्वपूर्ण जिम्मेवारी उपाध्यक्ष पद दिने निर्णय गरेको छ ।

लामा विभिन्न आर्थिक अनियमितता र आपराधिक क्रियाकलापमा संलग्न रहेको भनेर बदनाम छन् । बैंकको लकरमा सुनका गहना भनेर बन्दुकका गोली राख्नुको साथै उनी यार्सागुम्बा तस्करीमा पनि संलग्न भएको देखिएको छ । यसले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भन्दा पैसाका लागि मात्र काम गरिरहेको देखिएको छ ।

नेपालको सिन्धुपाल्चोक जिल्लाबाट नेपाली नागरिकता लिएको कारण उनले नेपाली कांग्रेस, एमाले र माओवादीको पालामा सांसद, राज्यमन्त्रीदेखि विभिन्न पदमा नियुक्ति लिँदै आएका छन् । यसले नेपालका राजनीतिक दलका नेताहरुले तस्करी र अनियमिततामा संलग्नहरुलाई संरक्षण गर्दै आएको देखिन्छ । लामा अहिले प्रचण्ड नेतृत्वको माओवादीका केन्द्रीय सदस्य हुन् । उनी एमालेबाट एक पटक सभासद र एक पटक अर्थ राज्यमन्त्री पनि बनेका थिए भने माओवादीबाट सभासद् बनेका थिए । उनी कांग्रेस सरकारको पालमा २०५८ सालतिर गुम्बा व्यवस्थापन पनि नियुक्त भएका थिए । उनको सबै राजनीतिक दलका उच्च तहमा पहुँच पुगेको देखिन्छ । उनको नियुक्तिको बारेमा मन्त्रिपरिषद्मै विवाद रहे पनि प्रधानमन्त्रीको अगाडि कुनै पनि राजनीतिक दल नै बोल्न सक्ने अवस्थामा छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया