पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीलाई नारायणगढसम्म आउन दिन माग
भरतपुर । पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले माग गरेका छन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
चितवन क्षेत्र नं. १ का प्रदेशसभा सदस्य एवं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भरतपुरको केन्द्रीय बसपार्कमा पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको बताए ।
बसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी भाडा असुल गरेको जनाउँदै यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताए । चितवनमा देखिएको मल, बीउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ । यस्तै चितवनमा देखिएको डेङ्गु र आँखा पाक्ने रोग न्यूनीकरण गर्न सरकार सचेत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“चितवनमा डेङ्गु र आँखा पाक्ने रोग समस्याका रूपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सतर्कतामा कमी देखिएकाले जनतालाई सुसूचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ ।
“अहिले दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, तरकारी खानेतेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धि भई सामान्य जनताको चुलो बल्न नसक्ने स्थिति सिर्जना हुँदै गइरहेकाले महँगी र कालोबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया