अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक मंगलबार बिहान करिब ५ः२० बजेको समयमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको बताए । सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया