‘५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या’
काठमाडौं,पछिल्लो समय देशभर आँखा पाक्ने समस्या (कन्जग्टिवाइटिस) फैलिएको छ । अहिले आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको हो । नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये आधा बिरामी कन्जग्टिवाइटिसको उपचारका लागि आइरहेको संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिए । ‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रमा मात्र कन्जग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभर यो समस्या फैलिरहेको छ’, डा मिश्रले भने, ‘हाम्रो नेटवर्कका सबै अस्तालको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।’
यस्तै, कन्जग्टिवाइटिसको प्रकोप देशैभर बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । संघको तथ्याङ्कअनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत बिरामीमा कन्जग्टिवाइटिसको समस्या देखिएको छ ।
यसैगरी, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, विनोद नीता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरूमा कन्जग्टिवाइटिसको समस्या देखिएको संघले जनाएको छ ।संघका अनुसार आँखा पाक्ने समस्या भएका बिरामीमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेँलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनुजस्ता लक्षणहरू देखिन्छन् ।
हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए पनि यसपटक भने यो समस्या प्रकोपकै रूपमा फैलिरहेको चिकित्सकहरू बताउँछन् । सुरुवातमा भारतको सीमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभर फैलिएको बताइएको छ । यस्तो समस्या देखिएका बिरामीले नआत्तिई सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्राडा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीले नआत्तिई सावधानी अपनाउनु उचित हुने चिकित्सकको सुझाव छ । जथाभावी औषधीको प्रयोग गर्न नहुने सुझाव पनि प्रा.डा लामिछानेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया