पहिरोका कारण हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध
मनहरि (मकवानपुर) । अविरल वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक अवरुद्ध भएका छन् । गए रातिदेखि परेको वर्षाका कारण हेटौँडा (भैँसे)भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।
कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।
मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको छ। त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले हेटौँडा-काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
हेटौँडा-४ हुँदै बग्ने कर्रा खोलामा भारी वर्षाका कारण आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया