रुपन्देही । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।
दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो । ती बालबालिका विभिन्न बाहना तथा प्रलोभनमा भारत पु¥याइएको थियो । १ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
राससका अनुसार बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीनजना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहबरमा पारिवारिक पुनःमिलन गराइएको छ । एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ ।
तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो । उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पारेको केआइएनका निर्देशक जोशीले राससलाई जानकारी दिए ।
उनकाअनुसार पाल्पाकी बालिकालाई लागूऔषध प्रयोगकर्ताले सीमा नाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पु¥याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो । पर्साकी बालिका दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो ।
चारैजना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ । “प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआइएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ । त्यही आधारमा काम गछौँ”, निर्देशक जोशीले भने, “भेटिनेभन्दा नभेटिने बालबालिकाको सङ्ख्या धेरै छ ।” सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ ।
“भारत धेरै जनसङ्ख्या भएकाले कुन क्षेत्रमा छ भनेर पत्ता लगाउन निकै समस्या हुन्छ । भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गरिरहेका छौँ”, उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया