विश्वविद्यालय र खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलबीच हस्ताक्षर भएको हो । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनीज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
विभागको तर्फबाट सम्झौतापत्रमा विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविश्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठि उपलब्ध गराउनेलगायत उल्लेख छ ।
कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।
हाल स्नातक तहमा ३० विद्यार्थी खानी इन्जिनियरिङमा अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ । सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहको महानिर्देशक घिमिरेले बताए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. थापाले विश्वविद्यालयले खानी इन्जिनीयरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खानी इन्जिनीयरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताए ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलले देशको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उपकुपति प्रा. डा. थापाले देशको आवश्यकतालाई ख्याल राखेर इन्जिनियरिङ काउन्सिलले स्वीकृति दिएर सराहनीय काम गरेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया