उपराष्ट्रपति यादव आज चीन भ्रमणका लागि प्रस्थान गर्दै
काठमाडौँ । सोमबार जनवादी गणतन्त्र चीनको भ्रमणका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव त्यसतर्फ प्रस्थान गर्दै छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त प्रदर्शनी आयोजना चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म हुँदैछ । उपराष्ट्रपति यादव सोमबार अपराह्न ४ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन् ।
भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् । आगामी भदौ ४ गते उपराष्ट्रपति स्वदेश फर्किने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया