‘भन्सार कर्मचारीले बार्गेनिङ गर्ने गरेको गुनासो आयो’
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीले बार्गेनिङ गर्ने गरेको गुनासो आएको बताएका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उनले आफूले भन्सार नाकाको भ्रमण गर्दा त्यस किसिमको रिर्पोट आएको बताए ।
आयातकर्ता र करदातालाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा महतको भनाइ थियो । सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको उनले बताए । ‘मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ’, उनले भने । ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ’, उनले भने, ‘राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नुहुँदैन ।’ कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री महतले स्पष्ट पारे । वीरगञ्ज भन्सारको उदाहरण दिँदै मन्त्री महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन ।
अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’ इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नैपर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन’, उनले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’
‘साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सक्छ’, उनले भने । अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री महतको भनाइ छ । ‘लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने हो’, उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यावसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नुहुँदैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया