Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करीसँग कुनै पनि फोन संवाद नभएको दाबी

सुन तस्करीसँग कुनै पनि फोन संवाद नभएको दाबी


दाङ । सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार रहेको पूर्वसभामुख कृष्णबहादुर महराले बताएका छन् । महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको पत्रकारलाई बताएका हुन् ।

आफूले सुन तस्करी प्रकरणमा जोडिएको चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमा मात्र चिनेको उनले बताए । सुन तस्करीसँग टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको उनले दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार मिल्ने भएमात्र निकाल्नु होला, नमिल्ने भए रोक्नु होला, भनेको हो । तर ‘यसैलाई आधार मानेर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम गरियो ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया