Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक प्रहरीद्वारा सात करोड रुपैयाँ राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा सात करोड रुपैयाँ राजस्व संकलन


बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले एक वर्षमा सात करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कार्यलयले सात करोड ६१ लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा छ करोड ९१ लाख ५० हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवमा ६४ हजार दुई सय ५० सवारी साधनलाई कारबाही गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार विगतका तीन आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा एक करोड ८० लाख १७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा पाँच करोड ७३ लाख १० हजार पाँच सय रुपैयाँ बराबरको राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक साकारराज पन्तले गत आर्थिक वर्षमा राजस्व संकलन उच्च हुनुका साथै कारबाहीमा पर्ने सवारीको संख्या पनि उच्च भएको बताए । उनले साउनमा ३७ लाख ८९ हजार पाँच सय रुपैयाँ, भदौमा ४० लाख दश हजार रुपैयाँ, असोजमा ३० लाख दश हजार पाँच सय रुपैयाँ, कार्तिकमा २७ लाख ९९ हजार पाँच सय रुपैयाँ, मंसिरमा २५ लाख ५० हजार पाँच सय रुपैयाँ, पुषमा ५१ लाख ९५ हजार रुपैयाँ, माघमा ६४ लाख ५८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दिए । यस्तै, फागुनमा ७७ लाख ४७ हजार पाँच सय रुपैयाँ, चैतमा ७० लाख रुपैयाँ, वैशाखमा ६७ लाख ९० हजार रुपैयाँ, जेठमा ९१ लाख ३६ हजार रुपैयाँ र असारमा सबैभन्दा धेरै एक करोड २१ लाख १५ हजार पाँच सय रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया