तत्कालीन दोलखाका प्रजिअ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
दोलखा । २०७६ साल मंसिर १९ गते दोलखाको मेलुङ गाउँपालिका–४ का कुमार लामालगायतका व्यक्तिसँग सार्वजनिक मुद्दामा घुस लिएको आरोप लागेका उपसचिव एवम् तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले मंगलबार रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखामा प्रमुख जिल्ला अधिकारी रहेको बेलामा रिजालले सेवाग्राहीसँग धम्क्याएर पैसा असुलेको आरोप छ । २०७६ साल मंसिर १९ गते सेवाग्राहीसँग घुस लिएर फिर्ता गरेपछि रिजालले सेवाग्राहीबाट घुस लिने गरेको खुलेको थियो । अख्तियारले रिजाललाई २०७६ माघ २० मा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दायर गरेको थियो । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा र नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा एक गरी पाँचवटा मुद्दा दायर भएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, चार लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । महिलासम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर रिजालले सेवाग्राही कुमार लामासँग एक लाख माग गरी ९० हजार रुपैयाँ भने घुस लिएका थिए ।
यस्तै, उनले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता समेत लिएका थिए । उनले लिएको ७७ हजार छ सय रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता समेत बुझ्ने गरेको खुलेपछि अख्तियारमा उजुरी परेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया