शव बोकेको जिपसहित सात सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते
चितवन । शव बोकेको जिपसहित चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित भइ थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् र उनीहरुको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने बस चालक २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस दुर्घटनामा १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया