काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताएका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यात गर्न आग्रह गरेका हुन् ।
निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेकोे बताए ।
सुनप्रति आशंका : अध्यक्ष ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् । उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको आरोप पनि लगाए । एमालेले सुन तस्करीको अनुसन्धान गर्न आयोग गठनको माग गर्दै संसद् अवरोध गरिरहेको छ । अध्यक्ष ओलीले अहिले एयरपोर्टमा दैनिक सुन बगिरहेको पनि आरोप लगाए । उनले तस्करीको सुनमा लगानी गर्ने लगानीककर्ताको खोजी गर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया