स्थानीय सरकारको कार्यालयमै छैन सुरक्षित स्तनपान कक्ष
सोलुखुम्बु । सोलुखुम्बुको पाँचवटा स्थानीय तहको कार्यालयमा नै सुरक्षित स्तनपान कक्ष नभएको पाइएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये नेचासल्यान गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सुरक्षित स्तनपान कक्ष नभएको पाइएको हो ।
सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ । तर यहाँको पाँचवटा पालिकाको कार्यालयमा स्तनपान कक्ष नै छैन् । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकामा मात्रै स्तनपान कक्ष भएको जनाइएको छ । अन्य स्थानीय तहहरूले भने सुरक्षित स्तनपान कक्ष निर्माणमा ध्यान नै नदिएको महिला अधिकारकर्मी बताउँछन् ।
महिलाको सहजतालाई ख्याल गर्न स्थानीय सरकार आफैँ चुक्दा अन्य कार्यालयको अवस्था झन दयनीय रहेको उनीहरू बताउँछन् । सरकारी वा निजी संस्थाले अनिवार्य स्तनपान कक्ष राख्नुपर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश सरकारी कार्यालयमा सुरक्षित स्तनपान कक्ष छैन भने स्थानीय सरकारले समेत त्यसतर्फ ध्यानदिन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया