नेपाल–भियतनाम उडानका लागि पहल गर्न आग्रह
काठमाडौं । नेपालका उद्यमी व्यवसायीहरूले नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्न नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईसँग आग्रह गरेका छन् ।
नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुवै मुलुकबीच सिधा उडान हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदूत न्गुयेन थान हाइको स्वागतका लागि बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिष्ट सर्किट विस्तारमा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा राजदूत न्गुयेनले नेपाल र भियतनामबीच सिधा हवाई उडानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । भियतनामीहरू नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै उनले दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहेपनि कनेक्टिभिटीको समस्या रहेको उनको भनाइ थियो । ‘हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौँ र यो अझै विस्तार हुने क्रममा छ’, थान हाइले भने, ‘नेपाली पक्षले पनि सिधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सिधा उडानका लागि प्रयास गर्नेछौँ ।’ नेपालबाट अस्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ छ ।
भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरे । श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्न सक्ने भएकाले व्यापारमा सहजीकरणका लागि राजदूत न्गुयेन थान हाइको ध्यानाकर्षण गराए । दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि कन्सुलर श्रेष्ठको आग्रह थियो ।
कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्राले भियतनाममा रहेका बुद्धमार्गीलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए । उनले नेपाल र भियतनामका जनता सांस्कृतिकरूपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने बताए । भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिन सक्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया