श्रमिकको न्यूनतम तलब सार्वजनिक
मासिक तलब १० हजार आठ सय २० र ६४ सय ८० भत्ता
काठमाडौं । सरकारले चिया बगानबाहेक अन्य श्रमिकको मासिक तलब १० हजार आठ सय २० रुपैयाँ तोकेको छ । श्रमिकले उक्त तलबमा महँगी भत्ता छ हजार चार सय ८० जोडेर मासिक १७ हजार तीन सय रुपैयाँ पाउनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी मासिक तलब १० हजार आठ सय २० रुपैयाँ र महँगी भत्ता छ हजार चार सय ८० गरी १७ हजार तीन सय तोकेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार दैनिकरूपमा श्रमिकहरूले चार सय १८ रुपैयाँ आधारभूत पारिश्रमिक र महँगी भत्ता दुई सय ५० गरी छ सय ६८ रुपैयाँ र त्यस्तै, घण्टाको ५६ रुपैयाँ आधारभूत पारिश्रमिक र ३३ रुपैयाँ महँगीसहित ८९ रुपैयाँ पाउनेछन् । तर, आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक भने ९५ रुपैयाँ तोकिएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार तोकिएको न्यूनतम तलब र भत्ता श्रमिकहरूले साउन १ गतेदेखि नै पाउनेछन् ।
त्यस्तै, चिया बगानमा काम गर्ने श्रमिकहरूले भने मासिक आठ हजार नौ सय ३४ रुपैयाँ आधारभूत तलब र चार हजार नौ सय ५९ रुपैयाँ महँगी भत्तासहित १३ हजार आठ सय ९३ रुपैयाँ मासिकरूपमा पाउनेछन् । दैनिकरूपमा उनीहरूले तीन सय २३ रुपैयाँ आधारभूत पारिश्रमिक र एक सय ७७ रुपैयाँ महँगी भत्तासहित पाँच सय रुपैयाँको साथै प्रतिघण्टा ४३ रुपैयाँ आधारभूत तलब र २३ रुपैयाँ महँगी भत्ता गरी ६६ रुपैयाँ पाउनेछन् । तर, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता भने ६३ रुपैयाँ मात्र हुनेछ ।
श्रम मन्त्रालयका अनुसार उक्त पारिश्रमिक अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानुनबमोजिम श्रम सम्झौता÷नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चय कोष र उपदानलगायतका सुविधाहरू अनिवार्यरूपमा दिनुपर्नेछ । स्थानीय तहले पारिश्रमिक निर्धारण गर्दा उक्त राजपत्रको सूचनाभन्दा कम हुनेगरी निर्धारण गर्न पाउने छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ मा स्थानीय तह वा अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्न अधिकार प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित सूचनाभन्दा कम तलब/भत्ता लिने र दिने कसैले पनि रोजगार सम्झौता गर्न पाउने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया