सरकारी नीतिविरुद्ध सरकारी स्वामित्वका बैंकले ब्याज बढाए
काठमाडौं । सरकारी स्वामित्व रहेको नेपालका तीनवटा वाणिज्य बैंकहरुले भदौ महिनामा ब्याज बढाएका छन् । सरकारको ब्याजदर घटाउँदै लैजाने नीतिविपरीत सरकारी ‘क’ श्रेणीका तीन वाणिज्य बैंकहरुले संगठितरुपमा ब्याजदर बढाएर सरकारको नीति फेल गराउन लागेको पाइएको हो ।
सरकारी नीतिअनुसार निजी क्षेत्रका लगानीका बैंकहरुले ब्याजदर घटाउनेदेखि स्थिर रहने नीति लिइरहँदा सरकारी स्वामित्वका बैंकले नै संगठितरुपमा ब्याजदर बढाएर सरकार तथा विशेषगरी अर्थमन्त्रीलाई नै फेल गराउन लागेका छन् । आफ्नो घोषित नीतिविपरीत सरकारी स्वामित्वका बैंकहरुले ब्याजर बढाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर स्पष्टीकरण सोधेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकका माओवादी कोटाबाट अध्यक्ष बनेका डा. बलराम पाठक तथा शंकास्पद गतिविधिमा संलग्न मिनबहादुर गुरुङको कम्पनीमा रहँदा एमालेको प्राथमिकतामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका एमाले कार्यकर्ताको रुपमा परिचित किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी तथा नेपालको सिभिल बैंकमा असफल भएर विदेशिएको र विदेशमा समेत राम्रो कार्यसम्पादन गर्न नसकेर लखेटिएपछि नेपाल आएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका गोविन्द गुरुङ अर्थ मन्त्रालय पुगेका थिए ।
गुरुङलाई तत्कालीन समयमा कृषि विकास बैंकको सीईओ बनाउनको लागि सहकारी ठगी गरेर जेल परेका एमालेका पूर्वसांसद इच्छाराज तामाङ तथा कालु गुरुङले एमाले नेता पृथ्वीसुब्बा गुरुङमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक सहयोग गरेको चर्चा चलेको थियो ।
त्यस्तै सरकारी स्वामित्वको नेपाल बैंकका अध्यक्ष गंगाप्रसाल ज्ञवाली तथा एमालेको नै कोटाबाट प्रमुख कार्यकारी अधिकृत भएका कृष्णबहादुर अधिकारी अर्थ मन्त्रालय गएका थिए ।
अर्थमन्त्री डा. महतले सरकारी बैंकले नै असहयोग गर्नुको कारणबारे सोधीखोजी गर्दै तत्काल ब्याज घटाउन निर्देशन समेत दिएको बताइएको छ ।
सरकारको नीति नै ब्याजदर घटाउने हुँदा शतप्रतिशत सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले नै ब्याज बढाउनुमा वाणिज्य बैंकका अध्यक्ष डा. पाठकले भूमिका खेलेको चर्चा छ । माओवादी कोटाबाट नियुक्ति लिएका डा. पाठक लगनखेलको साझा भवनमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था डुबाई टाट पल्टिएर भागेको पीडितहरुले बताउने गरेका छन् ।
उनै डा. पाठक अहिले राष्ट्रिय वाणिज्य बैंकलाई आफ्नो लुक्ने ठाउँको रुपमा प्रयोग गर्दै बिहानदेखि साँझसम्म बैंकमा आएर बस्ने गरेको आरोप लाग्ने गरेको छ । सहकारी ठगेर भागेको आरोप लाग्ने डा. पाठकलाई भने अर्थमन्त्री महतले नै संरक्षण गर्नेगरेको स्रोतले दाबी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया