Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार एजेन्टलाई सम्पत्ति शुद्धीकरणमार्फत छानबिन थाल्ने तयारी

भन्सार एजेन्टलाई सम्पत्ति शुद्धीकरणमार्फत छानबिन थाल्ने तयारी


विराटनगर । विभिन्न भन्सारमा भन्सार जाँचपासमा संलग्न एजेन्ट र प्रतिनिधिलाई करको दायरामा ल्याउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । देशभरिका भन्सारमा कार्यरत करिब दुई दर्जन भन्सार एजेन्टको आर्थिक कारोबार अनुसन्धान गर्न भन्सार विभागको सहमतिमा राजस्व अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सिफारिस गर्ने बताइएको छ ।

विभागको सिफारिसको आधारमा सम्पत्ति शुद्धीकरणले छानबिन अगाडि बढाउनेछ । केही वर्ष अगाडि पनि राजस्व अनुसन्धान कार्यालय सुुनसरीले विराटनगर भन्सारका भन्सार एजेन्ट एवम् विद्या क्लियरिङका सञ्चालक चेतनाथ पौडेललाई आवश्यक अनुसन्धान गर्न भनी आफ्नो कारोबारको विवरणसहित उपस्थित हुन पत्रचार गरेको थियो । तर सो प्रकरणमा कुनै छानबिन नै नगरी त्यसै उन्मुक्ति दिइएको थियो । तर यसपटक भन्सारमा कार्यरत भन्सार एजेन्टको कारोबारलाई सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गरिने भएको छ ।

यस्तै, भन्सार एजेन्टको सम्पत्ति छानबिनको विषय सार्वजनिक भएपछि अहिले विराटनगर भन्सारका एजेन्टहरू एक अर्काको पोल खोलाखोल गर्न थालेका छन् । भन्सार एजेन्ट लग इन नम्बर ०६५ बाट भन्सार जाँचपास गर्दै आएका विद्या क्लियरिङका सञ्चालक चेतनाथ पौडेललाई राजस्व अनुसन्धान सुनसरीले भन्सार प्रज्ञापनपत्रमा घोषणा गरेकोभन्दा बढी समान आयात गर्नेदेखि प्रज्ञापनपत्रमा उल्लेख नै नभएका सामान आयात गर्ने गरेको फेला पारी धेरैपटक कारबाही गरी सकेको पाइएको छ । जसले गर्दा यो भन्सार एजेन्टको सम्पत्ति छानबिनको मुद्दा राजस्व अनुसन्धान विभागलाई थप पेचिलो बन्न सक्ने अनुमान गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्पत्ति सुदृढीकरणमा पुु¥याएको हुन सक्ने तर्क पनि भन्सार स्रोतले गरेको छ । ढिलो भ्उ पनि भन्सार एजेन्टदेखि भन्सार प्रतिनिधिलाई अब चाँडै सरकारले करको दायरामा ल्याउन आवश्यक भएको तर्क भन्सार कर्मचारीको छ ।

विद्या क्लियरिङका सञ्चालक चेतनाथ पौडेलले आफ्नै सहोदर भतिजो रविन पौडेललाई भन्सार ऐनलाई समेत लत्याउँदै भन्सार प्रतिनिधिका रूपमा भन्सार जाँचपासमा संलग्न गराउँदै आएका छन् । सरकारले चालू आर्थिक वर्षबाट एजेन्टले भन्सार प्रतिनिधि राख्ने ब्यवस्थालाई खारेज गरेपछि पनि पौडेलले भतिजो रविन पौडेललाई भन्सार प्रतिनिधि बताएका छन् । कुलायन ब्याट्री उद्योगको प्रतिनिधिका रूपमा उनले भतिजोलाई भन्सार प्रतिनिधि बनाएर खुलेयाम लगिन नम्बर ०६५ को विद्या क्लियरिङबाट भन्सार जाँचपासमा संलग्न गराउने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार केही वर्ष अगाडि पनि सम्पत्ति शुद्धीकरणको निर्देशनमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान सुरु गरेपछि त्यसबेला शक्ति केन्द्रको दबाबमा विराटनगर भन्सारका भन्सार एजेन्टलाई सफाइ दिएका थिए । राजस्व अनुसन्धान विभागले पुनः अहिले विराटनगरसहित देशभरका भन्सारमा एजेन्टका रूपमा काम गरिहेकाहरूको सम्पत्ति शुद्धीकरणमार्फत छानबिन थाल्ने तयारी गरेको हो । अब राजस्व अनुसन्धान विभागको सिफारिसमा सम्पत्ति शुद्धीकरणले गर्ने छानबिन कुन मोडमा पुग्ने हो भन्दै भन्सार एजेन्टका बीचमा बहस नै चल्न थालेको छ ।

भन्सार एजेन्टलाई बचाउनको लागि राजस्व अनुसन्धान विभागकै जिम्मेवार उच्चतहमा आसिन व्यक्तिदेखि अर्थ मन्त्रालय र भन्सार विभागका उच्च तहमा आसिन कर्मचारी समेत मुद्दालाई प्रभावित पार्ने तरिकाले सक्रिय हुन सक्ने खतरा पनि रहेको बताउन थालिएको छ । ढिलै भए पनि भन्सार एजेन्ट र तीनका प्रतिनिधिलाई छोटो समयमा नै अकुत सम्पत्ति आर्जन गरी करोडपतिको सूचीमा पर्दा समेत राज्यलाई बुझाउनुपर्ने राजस्व नबुझाएपछि राजस्व अनुसन्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणले छानबिन प्रक्रिया अगाडि बढाएर निष्कर्षमा पुग्ने सरोकारवालाको विश्वास छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया