जहाज पार्किङस्थलसम्म भीआईपीले आफ्नो सवारी लैजान नपाउने
काठमाडौं । विशिष्ट व्यक्ति (भीआईपी)हरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा अबदेखि भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।
सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले उनीहरुको हकमा जहाजसम्म लैजाने व्यवस्था मिलाइदिएको छ । विमानस्थलका निर्देशक टेकनाथ सिटौलाका अनुसार अतिविशिष्ट/विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको हो ।
यसअघि आफ्नै गाडी जहाजसम्म पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले लैजाने गरेकोमा अबदेखि यो रोकिने छ । सुरक्षा एस्कर्टसहित भीभीआइपी (अतिविशिष्ट)को हकमा भने आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया