लम्पी स्किनका कारण बैतेश्वरमा ८६ वटा पशु मरे
१६ सय पशु संक्रमित हुँदा ९ सय बढीको उपचार
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा लम्पी स्किन रोगका कारण ८५ वटा पशु मरेका छन् । कुल १६ सय पशुमा रोग संक्रमण हुँदा ८५ वटा पशु मरेका हुन् । लम्पी स्किनरोगले यस पालिकामा २ सय १६ गाई संक्रमण भएका छन् भने संक्रमणका कारण १९ वटा गाई मरेको बैतेश्वर गाउँपालिकाले जनाएको छ्। त्यसैगरी ८ सय ६३ वटा गोरुमा रोग संक्रमण हुँदा ४९ वटा गोरु रोगका कारण मरेका छन् । त्यसैगरी ५ सय ११ वटा बाच्छावाच्छी र पाडापाडीमा रोग संक्रमण हुँदा २५ वटा मरेका छन् । भैंसी १० वटा संक्रमण भएका छन् ।
रोगका कारण हालसम्म भैंसी नमरेको गाउँपालिकाको भदौ २ गतेसम्मको तथ्यांकमा उल्लेख गरिएको छ । बैतेश्वर गाउँपालिका लम्पी स्किन रोगका कारण संक्रमण भएर बिरामी पशुहरुको संख्या ५ सय ३६ वटा रहेको छ । जस्मा सक्रिय बिरामी हुने पशुहरुमा गाई ८३ वटा,गोरु ४ सय ९ वटा ,भैंसी ५ वटा ,बाच्छाबाच्छी र पाडापाडी ३९ वटा रहेका छन् । संक्रमण मुक्त पशुहरुको संख्या ९ सय ६७ वटा रहेको छ् भने, हालसम्म खोप लगाइएको पशुको संख्या २ सय १३ रहेको बैतेश्वर गाउँपालिका पशु प्राविधिक अधिकृत शान्ति प्रसाद दाहालले जानकारी दिए ।
बैतेश्वर गाउँपालिकाले रोग प्रभावित क्षेत्र र किसानलाई लक्ष्यित गरी गत असार देखी खोप अभियान तथा औसधि वितरण कार्यक्रम गरेर हालसम्म ९ भन्दा बढी पशुको उपचार गर्न सफल भएको उनले बताए ।त्यस्तै खोप नपुगेका क्षेत्रमा पुनः खोप लगाउन वडागत रूपमा तथ्यांक संकलन गरिरहेकोले थप संक्रमण तथा प्रभावित क्षेत्रका पशुलाई खोप लगाउन गाउँपालिका अध्यक्ष छबि लामाले निर्देश दिसकेकाले पुनः खोप तथा औसधि खरिद गरेर वितरण गर्ने तयारी थालिएको पशु अधिकृत दाहालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया