Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रमुख निर्वाचन आयुक्त र उपप्रधानमन्त्री खड्काबीच छलफल

प्रमुख निर्वाचन आयुक्त र उपप्रधानमन्त्री खड्काबीच छलफल


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलया र उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। दुबैको भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

हाल विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् । प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ । यस्तै हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोखला गौरिशङ्क गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया