बिपीपछि समाजवादी चिन्तकका रुपमा स्वर्गीय गिरि : सभापति देउवा
पाटन । स्व. प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा सोमबार सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन् ।
“उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भने ।
देउवाले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उनले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे ।
गिरि इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको महामन्त्री गगनकुमार थापाले बताए । “प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन”, उनले भने, “प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो, उहाँका कुरा सुन्दा पाँच÷छ घण्टा बितेको पत्तै हुदैनथ्यो, उहाँले धेरै कुरा लेख्नुभएको छ, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौं । ”
स्वर्गीय गिरि नाशवान पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभइ नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरुमा समेत असहमति राख्ने नेता हुनुहुन्थ्यो भन्ने महामन्त्री थापाले धारणा राखे ।
गिरिकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उनले नेताहरुको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्तावेज कम प्रकाशन भएको धारणा राखे ।
स्वर्गीय गिरि समाजवादी विचारलाई प्रष्ट्याउन सक्ने सबै विषयको अध्ययन गर्ने व्यक्तित्व भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बताइन् । उनले गिरि नेपालको समाजवादी आन्दोलनमा जीवितै रहने धारणा राखिन् । उनले गिरिले पदलाई महत्व नदिएको जनाउँदै भनिन्, “म मन्त्री बन्न राजनीतिमा आएको होइन, परिवर्तन गर्न चाहान्छु भन्नुहुन्थ्यो ।”
स्वर्गीय गिरि पार्टीले मात्रै नभइ सबैले सम्झने सम्मानित व्यक्तित्व भएको कांग्रेस ललितपुरका जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले धारणा राखे । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्वर्गीय गिरिको सादगी र दार्शनिक जीवनीलाई पाठ्यक्रममा समेट्ने प्रयास गर्ने बताउँदै उनको सम्झनामा हरेक हप्ता बहस चलाउने धारणा राखे ।
स्वर्गीय गिरिको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको गिरिकी धर्मपत्नी भारती सिलवालले बताइन् । स्वर्गीय गिरिले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गरिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया