ललिता निवास काण्डका निर्णयकर्ता नेपाल र भट्टराईलाई जोगाउने प्रयास
काठमाडौं । बालुवाटारको ललिता निवासभित्रको सरकारी जग्गा व्यक्ति र नक्कली गुठीका नाममा दिलाउने कामका मुख्य निर्णयकर्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउने योजनास्वरूप सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई सरकारी वकिलको उपस्थितिविना कथित बयान लिएको छ ।
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई जोगाउन सीआईबीले बयान पनि नलिएपछि चौतर्फी विरोध हुन थालेपछि आइतबार राति बयानको नाटक गरेको छ । सीआईबीको टोली उनीहरूकै घरमा गएर सोधपुछको नाममा भेटघाट गरेर फर्कियो ।
सत्ता गठबन्धन टिकाउने नाममा सरकारका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको योजनाअनुसार उनीहरूलाई सरकारी साक्षीको रूपमा मात्र प्रस्तुत गर्न कागजात गराइएको छ । यदि बयान लिने हो भने सरकारी वकिल संलग्न हुनुपर्दथ्यो । तर, सरकारी वकिलविना सीआईबीको टोलीले मात्र कागजातमा हस्ताक्षर गराउनु भनेको उक्त प्रकरणमा सरकारी साक्षीका रूपमा मात्र उनीहरूलाई प्रस्तुत गरिनेछ ।
अहिले नेपाल र भट्टराईलाई उन्मुक्ति दिने प्रयास भए पनि त्यो लामो समयसम्म जाने अवस्था छैन । अस्थिर राजनीतिको कारण जुनसुकै बेला सरकार परिवर्तन हुन सक्तछ । त्यतिबेला अहिले उनीहरूलाई उन्मुक्ति दिए पनि अर्को सरकारले उनीहरूलाई ललिता निवासको जग्गा व्यक्ति र नक्कली गुठीका नाममा दिने निर्णयकर्ताको रूपमा मुद्दा चलाउनेछ । साथै अहिले सीआईबीले सरकारी साक्षीको रूपमा प्रस्तुत गरे पनि जनमानसमा उनीहरू नै निर्णयकर्ता हुन भन्ने छ ।
माधव नेपालले त उक्त सरकारी स्वामित्वको जग्गा व्यक्तिका नाममा ल्याउन यस्तो प्रस्ताव ल्याउनू भनेर निर्देशन नै दिएको र उनको निर्देशनअनुसारको प्रस्ताव तत्कालीन भौतिक मन्त्री विजयकुमार गच्छदारले मन्त्रिपरिषद्मा पेस गरेका थिए । त्यही कारण नेपाल उक्त जग्गा हिनामिनाका निर्णयकर्ता मात्र नभई योजनाकार नै हुन् । सर्वोच्च अदालतले निर्णयकर्तालाई पनि कारबाही अगाडि बढाउन भने पनि निर्णयकर्तालाई जोगाउने प्रयास प्रचण्ड नेतृत्वको सरकारले गरेको कारण वर्तमान सरकार भ्रष्टाचारलाई निर्मूल पार्नेभन्दा पनि आफ्ना पक्षका भ्रष्टहरूलाई जोगाउने खेलमा लागेको पुष्टि भएको छ । नेपाल र भट्टराई दुवै वर्तमान गठबन्धन सरकारका नेता हुन् ।
यसैबीच, वयोवृद्ध कम्युनिस्ट नेता पूर्वमन्त्री चन्द्रदेव जोगीसँग सीआईबीले सोमबार साँझ बयान लिएको छ । दिउँसो बयान नलिई फर्काएको सीआईबीले साँझ बयान लिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया