पश्चिम नेपालमा विजुली पुर्याउने प्रसारण लाइन समपन्न
काठमाडौँ । प्रसारण लाइन निर्माण समयमा सम्पन्न हुन नसक्दा हेटौँडा आसपास केन्द्रित हुने बिजुली पश्चिम नेपाल लैजान समस्या पर्दै आएको थियो । एकाध टावर निर्माणमा लामो समय लाग्दा आयोजनाले खेप्नु परेको हैरानी आफैँमा धेरैका लागि सिक्ने र जान्ने विषय बन्न पुगेको छ । भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन नेपालको विकास निर्माण कसरी बेथितिमा फस्छ र समय तथा लागत दुवै बढ्न पुग्छ भन्ने उदाहरण बन्न पुगेको आयोजना हो ।
चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ-मर्स्याङदी करिडोरको बिजुली जोडिनेछ । सो आयोजनाको लागत रु. एक अर्ब ५२ करोड रहेको छ । चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा निर्माण भएको नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी -बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।
सो प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । कूल दुई सय २० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनलाई हाल एक सय ३२ केभी क्षमतामा नै सञ्चालनमा ल्याइने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताउँछन् । सोही आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले भने, “भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालु रहेको एक सय ३२ केभी क्षमताको सिङ्गल सर्किटमात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या पर्दै आएको थियो ।” दुई सय २० केभी क्षमताको लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज भएको तथा भोल्टेजमा पनि सुधार हुने प्राधिकरणको विश्वास छ ।
नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित तीन सर्किट भएका छन् । दुई सय २० केभीको लाइनलाई एक सय ३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट एक सय ७० मेगावाटसम्म विद्युत् प्रवाह भएको छ । यसअघि पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको दुई सय २० केभी प्रसारण निर्माणाधीन लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म दुई सय २० केभी प्रसारण लाइन जोडिने छ । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले बाँकी काम गर्न नयाँ बोलपत्र आह्वान गरेको थियो । बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा सम्झौता भएको थियो । आयोजना प्रमुख सन्तोष साहले असाध्यै ठूलो मेहनतपछि प्रसारण लाइन निर्माण सम्पन्न भएको जानकारी दिए ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट दुई सय २० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । हेटौँडा-भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया