Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’लाई प्रभावकारी बनाउन मालीगाउँ वृत्त सक्रिय

‘लकडाउन’लाई प्रभावकारी बनाउन मालीगाउँ वृत्त सक्रिय


काठमाडौं, वैशाख १९
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउनलाई पूर्णरूपमा प्रभावकारी बनाउने महानगरीय प्रहरी वृत्त मालीगाउँले सक्रिय भूमिका खेलेको छ । सबैले हातेमालो गरेर काम गरेको खण्डमा मात्र कोरोनाको महामारीलाई नियन्त्रण र रोकथाम गर्न सकिने महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख डिएसपी भरतबहादुर विकले बताए । उनले यसलाई नियन्त्रणमा राख्न लकडाउनको कार्यान्वयनलाई प्रभावकारी बनाए पनि जानकारी दिए ।

‘सिंगो मुुलुक अहिले कोभिड १९ को जोखिमा रहेको छ, यो जोखिन न्यूनीकरण गर्नको लागि सबै नागरिकको भूमिका उच्च रहेको छ, यो भूमिका निर्वाह गर्नको लागि हामीले माइकिङ गरेर सबै नागरिकलाई अत्यावस्यक काम भएका बाहेक ननिस्कन अनुरोध गरेका छौँ, यदि निस्कनै परे, कामको प्रकृति हेरेर ती नागरिकको समस्यलाई सम्बोधन गर्ने गरेका छौँ’, वृत्त प्रमुुख विकले भने । वृत्तले टोल टोलमा गएर कोभिड १९ सम्वन्धी जनचेतना विस्तार गर्ने गरेको, सर्वसाधारणलाई घरभित्र नै बस्न आग्रह गरेको र लकडाउनकै कारण खाद्यान्नको अभाव झेलेका सर्वसाधारणहरूलाई विभिन्न संघसंस्थाहरूसँग समन्वय गरे खाद्यान्न जुटाइदिने गरेको छ । प्रहरीले गरेको यो कार्यबाट आम सर्वसाधारणको गाँसको समस्या टरेको समेत उनले बताए ।

प्रहरीले प्रत्येक नागरिकको टोल–टोलमा, घर–घरमा गएर गएर सुरक्षा प्रदान गर्दा यो समयमा अन्य प्रकृतिका अपराध पनि निकै कम भएको र प्रहरीको यो कार्यमा आम नागरिकले साथ दिएको उनको भनाइ छ । प्रहरी र आम नागरिक एकै सिक्काका दुुई पाटा भएका भन्दै यो महामारीमामा प्रहरीले खेलेको भूमिकामा सबैले साथ दिनुुपर्ने उनले बताए ।

लकडाउनको समय लम्बिदै जाँदा पछिल्लो समय अत्यावस्यक कामबाहेक पनि तरकारी, औषधि, ग्यास आदि किन्ने बहानामा केही सर्वसाधाणहरू बाहिर निस्कने गरेका छन् । यो अवस्थामा उनीहरूलाई सम्झाई बुुझाई, घर फर्काउने र पुुनः त्यस्तो घटना दोहो-याउनेलाई केही घण्टा नियन्त्रणमा लिएर कोरोना भाइरस जनचेतना दिने गरेको उनको भनाइ छ । यसको लागि वृत्तको कार्यक्षेत्रभित्र पर्ने विशालनगर, गहनापोखरी, मैतिदेवी विटलगायतका स्थानाहरूमा होल्डिङ जोन बनाएको समेत उनले जानकारी दिए । यसबाहेक वृत्तले बिभिन्न निकायहरूसँग समन्वय गरेर सरसफाइ, अपराध न्यूनीकरणका विषयमा बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको उनले जानकारी दिए ।

आम नागरिकलाई सुरक्षा प्रदान गर्दा सडकमा खटिने प्रहरीको लागि जोखिम उच्च हुुने भन्दै प्रहरीले सुरक्षाको सबै प्रवन्ध मिलाएको पनि उनले बताए । यसको लागि प्रहरी आफैँ र सेवाग्राहिलाई समेत कोरोना भाइरसको संक्रमणबाट बच्न मुल गेटमा पानी ट्याङ्की र साबुन को व्यवस्था गरी हात धोएर मात्र कार्यालय प्रवेश गर्ने व्यवस्था मिलाएको उनले बताए । यसले कोरोना भाइरसको संक्रमण फैलनबाट केही मात्रमा भए पनि रोकथाम गर्ने अनुमान गरिएको र वृत्तले ड्युुटीमा खटिने प्रत्येक प्रहरीलाई मास्क, स्यानीटाइजरको व्यवस्था गरेकोसमेत वृत्तप्रमुुख विकले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया