मन्त्री किरातीको पिताप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
काठमाडौँ । पुल्चोकस्थित मन्त्री निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन् । मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।
यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया