Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाका ९ स्थानीयतहको ५५ करोड बढी बजेट फ्रीज

दोलखाका ९ स्थानीयतहको ५५ करोड बढी बजेट फ्रीज


दोलखा,जिल्लाका ९ स्थानीयतहको संघ र प्रदेश सरकारबाट आएको ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रीज गएको छ । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखाका ९ वटा स्थानीय तहका लागि गत आर्थिक वर्ष २०७९/०८० मा संघ र प्रदेश सरकारबाट विनियोजित कुल ५ अर्ब ७३ करोड ५४ लाख ९१ हजार ७ सय रुपैँया बजेट मध्ये ५५ करोड ७८ लाख १७ हजार ५ सय रुपैँया बजेट खर्च हुन नसकेपछि फ्रिज गएको हो । गत आवमा सबैभन्दा बढी बजेट जिल्लाको तामाकोशी गाउँपालिकाको फ्रीज भएको छ । पालिकाको संघ र प्रदेश सरकारबाट आएकोमध्ये ८ करोड २० लाख ४६ हजार २ सय ९८ रुपैँया बजेट फ्रिज भएको पाइएको छ ।

बढी बजेट फिर्ता पठाउनेमा दोस्रो नम्बरमा शैलुङ गाउँपालिका रहेको छ् । शैलुङले ८ करोड ७ लाख ७६ हजार १ सय रुपैँया बजेट खर्च गर्न नसकि फ्रिज पठाएको छ । त्यसैगरी जिल्लाको भीमेश्वर नगरपालिकाको ७ करोड ८५ लाख ८४ हजार ९ सय ४३ रुपैँया बजेट फ्रिज भएको छ। भने, जिरी नगरपालिकाले ३ करोड ९१ लाख ४० हजार ४ सय ७१ रुपैँया बजेट फ्रिज पठाएको छ । आर्थिक वर्ष २०७९÷८० मा कालिञ्चोक गाउँपालिकाको ६ करोड ७६ लाख ९२ हजार ९ सय ७८ रुपैँया बजेट फ्रिज भएको छ। गौरीशंकर गाउँपालिकाको पनि ५ करोड ७० लाख ३९ हजार ८ सय ७७ रुपैँया बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष मेलुङ गाउँपालिकाको ७ करोड १ लाख ७५ हजार ४ सय २० रुपैँया बजेट फ्रिज भएको छ । यसैगरी विगु गाउँपालिकाले गत वर्ष संघ र प्रदेश सरकारबाट आएको २ करोड ८० लाख ७४ हजार १ सय २९ रुपैँया बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ । वैतेश्वर गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा ५ करोड ४२ लाख ८७ हजार २ सय १० रुपैँया बजेट फ्रिज पठाएको छ । स्थानीय सरकारले खर्च गर्न नसकेको बजेट संघ र प्रदेश सरकारकै खातामा फिर्ता गर्नुपर्ने व्यवस्था अनुसार खर्च हुन नसकेको उक्त रकम फिर्ता गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया