काठमाडौँ । सुन तस्करीका विषयमा छानबिन गर्न आगामी असोज ५ गते सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन हुने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन हुने जानकारी दिए ।
कानुनी रुपमा कुनै कमजोरी रहेको वा सुधार गर्नुपर्ने विषय भए त्यसका बारेमा समेत आयोगले सरकारलाई सुझाव दिने उनको भनाइ थियो । उनले यसअघि भएका सबै खालका सुन तस्करीको विषयमा सो आयोगले छानबिन गर्ने बताए । उनले आजको सहमतिपछि अब सङ्घीय संसद्को दुवै सदनको बैठक नियमित रुपमा सञ्चालन हुने जानकारी दिए ।
आफूहरुले नियमित रुपमा उठाइरहेको उच्चस्तरीय छानबिन आयोगको गठनको माग सम्बोधन भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले बताए । उनले आयोग गठनपछि विगतका सबै खालका सुन तस्करीका विषयमा छानबिन हुने प्रतिक्रिया पनि दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया