Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनुपर्छ : मन्त्री बस्नेत

मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनुपर्छ : मन्त्री बस्नेत


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको कार्यालयको बिहीबार अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताएका छन् ।

मन्त्री बस्नेतले चालु आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताए । उनले विगतको मौसम पूर्वानुमानको अनुभवलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरे ।

मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउन सरकारले ध्यान दिने उनको भनाइ थियो । उनले पूर्वसूचना प्रणालीलाई जनमानसमा अझ व्यापक गर्नका लागि नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा सरकारले काम गर्ने स्पष्ट पारे । मन्त्री बस्नेतले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया