सिटी पार्टी प्यालेस सार्वजनिक बाटो मिचेर बनाएको महानगरको निष्कर्ष
विराटनगर । बाबा ग्रुपले विराटनगर महानगरपालिकामा नक्सा पास नगरी बनाएको सिटी प्यालेस सार्वजानिक जग्गामा बनेको पाइएको छ । सो ग्रुपले सार्वजनिक बाटो मिचेर सो प्यालेस बनाएको विराटनगर महानगरले ठहर गरेको हो ।
पालिकाको ऐन कानुुनविपरीत एक वर्षदेखि नक्सा समेत पास नै नगरी अन्तर्राष्ट्रियस्तरको भन्दै पार्टी प्यालेस सञ्चालनमा आएपछि महानगरले सो प्यालेसको अनुगमन गरेको थियो । पार्टी प्यालेस अन्तर्राष्ट्रियस्तरको पनि नभएको र महानगरको सामान्य मापदण्ड समेत लत्याएर बाबा ग्रुपका सञ्चालक भगवान् राठी र उनका छोरा पवन राठीले सो प्यालेस बनाएको महानगर पालिकाले बताएको छ । महानगरबाट घरनक्सा समेत पास नगरी सो प्यालेस सञ्चालनमा ल्याएको बारे केही दिन अगाडि आर्थिक दैनिकले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विराटनगर महानगरपालिकाले प्यालेसको अनुुगमन गरेको हो । अनुुगमनका क्रममा उक्त पार्टी प्यालेसले आफ्नो भवनको पश्चिममा रहेको सार्वजनिक बाटो समेत मिचेर पार्टी प्यालेस भवन बनाएको पाइएको हो ।
महानगरले एक हप्ताभित्र बाटोमा परेको भवनको संरचना भत्काउन निर्देशन समेत दिएको छ । पार्टी प्यालेका सञ्चालकले लामो समयदेखि महानगरलाई बुझाउनुपर्ने राजस्व समेत बुझाएका छैनन् । अहिलेसम्म के कति राजस्व छलि भएको हो भन्ने तथ्य यकिन गर्न बाँकी रहेको महानगरपालिका स्रोतले जनाएको छ । सुनसरी मोरंग औद्योगिक करिडोरमा लामो समयसम्म विभिन्न उद्योगको स्थापना गरी सञ्चालन गर्दै आएको विराटनगरको राठी ग्रुपले आफ्नै असक्षताका कारण उद्योग बन्द गर्ने गरेको छ । पछिल्लो समय उक्त ग्रुपलाई बैकबाट पनि कुुनै लगानी नगर्ने संकेत पाएपछि सञ्चालक पवन राठी र भगवान् राठीले अरबौँ लगानी गरेर सिटी पार्टी प्यालेस कसरी निर्माण गरे भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
उक्त पार्टी प्यालेसमा ४१ वटा कोठा रहेका छन् । सुइट रुम र सुपर डिलक्स रुम भनेर सञ्चालकले अलग्गै थप चार्ज समेत लिने गरेको स्थानीयको भनाइ छ । सो पार्टी प्यालेका सम्बन्धमा जानकारी दिन खोज्दा सञ्चालक राठी सम्पर्कमा आउन चाहेनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया