Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवरिष्ठ साहित्यकार तुल्सी थापाको निधन

वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन


बागमती । मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार चितवनस्थित पुरानो मेडिकल कलेजमा थापाको उपचारका क्रममा निधन भएको उनका पारिवारिक श्रोतले जानकारी दिएको छ ।

साहित्यकार थापा निमोनिया, मधुमेह, मुटुसम्बन्धी समस्या, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि केही महिनादेखि अस्पताल भर्ना भएका थिए । दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गरेका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गरेका थिए ।

स्व. थापाको बेलायतमा रहेकी छोरी शुक्रबार साँझ नेपाल आएपछि उनको दाहसंस्कार गरिने छ । गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया