देशलाई राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर लैजानु पर्छ : उपप्रधानमन्त्री खड्का
भक्तपुर । चाँगुनारायण नगरपालिका(५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।
सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए । उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजान जरुरी रहेको स्पष्ट पारे ।
विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।
जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट सुधारका लागि लागिरहेको बताउँदै सरकारको ध्यान आर्थिक उन्नति भएको पनि स्पष्ट पारे । देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले भने, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।” उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए ।
उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानुपर्ने औंल्याउँदै यहाँको सडकको दुरावस्थाले कहाँ जाँदैछौं भनेर अन्योल बनाएको टिप्पणी गरे ।
सांसद थापाले देशको आर्थिक स्थिति मजबुद बनाएर विकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेलले स्मार्ट सिटीको अवधारणाले गति नलिँदा यहाँ जग्गा कित्ताकाट रोकिएको र यसले यहाँका जग्गाधनीलाई समस्या भएको बताए ।
महादेव खोला परियोजनाका नाममा आएको बजेटले भक्तपुरमा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकालले छालिङ जाने सडकको दुरावस्था प्राधिकरणकै कारण ढिला भएको भन्दै स्मार्ट सिटी स्वीकृत भए यो ठाउँ नयाँ सहरका रुपमा विकास हुने बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया