चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ
काठमाडौँ,तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले सेन्टर उद्घाटन गरे ।
सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया