‘औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक’
विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन् । पार्टीसम्बद्ध उद्योग वाणिज्य तथा आपूर्ति विभागद्वारा विराटनगरमा आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माणबाट मुलुकमा औद्योगिक उत्पादनमा वृद्धि भई विकासको गतिले तीव्रता लिने बताए । कार्यक्रममा उनले उद्योगीको लगानी संरक्षण, उद्योगको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक सुझाव दिन पनि उद्योगी तथा व्यवसायीलाई आग्रह गरे ।
उद्योगीका समस्या समाधान गर्न सरकारसँग वार्ता गर्ने पनि उनले प्रतिबद्धता जनाए । यस्तै, उद्यमीलाई उद्योग स्थापना, भन्सार, कृषिसँग सम्बन्धित समस्या समाधानका लागि संसद्मा आफूहरूले निरन्तर आवाज उठाइरहेको जानकारी गराए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले उद्योगीको मनोबल उच्च बनाउने कार्य आफूले गरिरहेको बताए । सो कार्यक्रममा सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू मोतीलाल दुगड, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र स्थानीय उद्यमीहरूले भ्रष्टाचार नियन्त्रण गरी उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने सुझाव दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया