सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
वीरगञ्ज । जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैसँग आग्रह गरेका छन् । आइतबार प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे ।
गृहमन्त्री श्रेष्ठले धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै उनले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए ।
उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याइ दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे । साथै उनले भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
“सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान ग¥यो, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ”, गृहमन्त्री श्रेष्ठले भने, “सिआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ ।”
गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको बताए ।
उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताए । गौर हत्याकाण्डका विषयमा पत्रकारहरुले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, “अनुसन्धान रोकिएको होइन्, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँं ।”
गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । आइतबार दिउँसो उनले वीरगञ्जस्थित टाउन हलमा नेकपा (माओवादी केन्द्र)को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया