अध्यागमन विभागको निर्देशनपछि अन्य ट्रक चालकलाई केरुङ प्रवेशको अनुमति
काठमाडौं । चीनको केरुङसम्म जान रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि अनुमतिपत्र जारी हुने भएको छ । अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अध्यागमन विभागको निर्देशनपछि अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।
यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको अध्यागमन कार्यालय रसुवाका प्रमुख चूडामणि अर्यालले बताए । रसुवाका स्थानीयहरु एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी जिल्ला प्रशासनको अनुमतिका आधारमा पास जारी भइरहेको अर्यालले बताए । सोही प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रुपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ ।
कोभिड महामारी अघि नेपाली नागरिक, व्यवसायी, श्रमिक तथा चालकहरुले प्रवेशाज्ञा लिएर केरुङ प्रवेश पाउँथे । रसुवागढी नाका सहज बनाउन र तातोपानी नाकाबाट पनि मानिसहरुको आवाजावत खुलाउने तयारी १८ चैतमा भएको समझदारीअनुसार अन्तिम अवस्थामा पुगेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार १५ असोजसम्म तातोपानी नाकाबाट मानिसहरु आवाजावत खुल्ला गर्न चीनले सहमति जनाएको छ । एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरुले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया