Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमले भैरहवाबाट हङकङ र दिल्लीमा उडान भर्ने

निगमले भैरहवाबाट हङकङ र दिल्लीमा उडान भर्ने


काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने भएको छ । निगमले यही मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा उडान भर्न लागेको हो । उडानका लागि निगमले टिकट बुकिङ समेत खुला गरेको छ ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने र दिल्ली जाने यात्रुलाई अलगअलग कनेक्टिङ उडानमा चढाउने बताइएको छ ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेवसाइटमा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहजरूपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया