सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको सुरुवात
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फछ्र्याैट गर्न एसपीआईएल डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहजबीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलोपटक प्रचलनमा ल्याएको एसपीआईएल डिजीको प्रयोगले बीमितहरूले सहजरूपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने कम्पनीको दाबी छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्तरूपमा एक समारोहका बीच एसपीआईएल डिजी प्रणालीको शुभारम्भ गरिएको कम्पनीले जानकारी दिएको छ ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सह्राना गर्दै यसलाई प्रभावकारीरूपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताए । प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिकरूपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्यअनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
एसपीआईएल डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानीमार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिकरूपमा उपस्थितिविना बीमालेख खरिद गर्न सकिने बताइएको छ । बीमितले निश्चित रकमसम्मको बीमा दाबी फछ्र्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्ने बताइएको छ । यसबाट समय र लागत घट्न जाने र झन्झटरहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया