श्रीवल्लवको ठगी र मिटरब्याज धन्दामा प्रधानमन्त्रीको संरक्षण !
दर्ताविनै इन्भेस्टमेन्ट कम्पनी सञ्चालन, करोडौँ ठगी !!
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संरक्षणमा मिटरब्याज धन्दा चलाउँदै आएका श्रीवल्लव नेपालले इन्भेस्टमेन्ट कम्पनीको नाममा ठगी गरेको खुलासा भएको छ । आफूलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार दाबी गर्ने नेपालले नियामक निकायबाट कारोबार स्वीकृति नलिईकन इन्भेस्टमेन्ट कम्पनी खोलेर सयौँ सर्वसाधारणको करोडौँ रुपैयाँ ठगी गरेको पाइएको हो । उनले सर्वसाधारणलाई सेयर दिन्छु भन्दै अवैध कम्पनीको कागज भिराएर करोडौँ ठगी गरेका हुन् ।
नेपालले गन्तव्य यातायात सहकारी चलाएका छन् । त्यही सहकारीको आडमा गन्तव्य इन्भेस्टमेन्ट इन्टरनेसनल नामक कम्पनी खोलेर सयौँ सर्वसाधारणबाट करोडौँ उठाएका हुन् । धितोपत्र बोर्ड र राष्ट्र बैंकसँग कारोबार अनुमति लिएर सञ्चालन गर्नुपर्ने इन्भेस्टमेन्ट कम्पनीमा नेपालले ती निकायबाट स्वीकृति नै नलिई सर्वसाधारणबाट करोडौँ उठाएका छन् । गन्तव्य यातायात सहकारीका अध्यक्ष रहेको बताउने उनी नेकपा माओवादी केन्द्रका विशेष प्रदेश सचिवालय सदस्य र प्रस्तावित केन्द्रीय सदस्य हुन् । गन्तव्य सहकारीको बोर्ड राखेर सञ्चालन गरेको कार्यालयभित्र भने नेटवर्किङ व्यवसाय हुनेगरेको छ । वस्तुको प्रत्यक्ष बिक्रीको नाममा वाणिज्य विभागबाट स्वीकृति लिनुपर्ने भए पनि उनले सहकारीबाट नेटवर्किङ धन्दा चलाइरहेका छन् ।
पीडितका अनुसार नेपालले भक्तपुुरको राधेराधेमा कार्यालय राखेर इन्भेस्टमेन्ट कम्पनीको नाममा रकम उठाउने गरेका छन् । आर्थिक दैनिकसहित केही सञ्चार माध्यममा श्रीवल्लवले प्रधानमन्त्रीको आवरणमा मिटरब्याजको धन्दा चलाएको खबर प्रकाशन गरेपछि उनको सहकारीमा सेयर र बचत फिर्ता माग्नेको लाइन लाग्नेगरेको छ । बचत फिर्ता माग्नेलाई प्रधानमन्त्री दाहालका भाइ नारायण दाहालमार्फत धम्की दिनेगरेको पनि पीडितले बताएका छन् । आर्थिक दैनिकलाई दाहालको वैवाहिक वर्षगाँठमा श्रीवल्लवले केक कटाएको तस्बिर समेत फेला परेको छ । प्रधानमन्त्री दाहालकी छोरी एवं प्रमुख स्वकीय सचिव गंगा दाहालसँग निकट रहेका नेपालले कतिपयलाई उनकै भाइ हुँ भन्दै ठग्दै र धम्क्याउँदै आएका छन् । उनीमाथि चुनावमा ‘नेताहरूलाई जिताउनु पर्छ र गंगा दिदीलाई पनि चाहिन्छ’ भन्दै करोडौँ रकम अपचलन गरेको आरोप पनि लागेको थियो । माओवादीभित्र माओवादी र बाहिर नामुद मिटरब्याजीको परिचय बनाएका उनले एनआईसी एसिया बैंकका तत्कालीन शाखा प्रबन्धक अविनाश कर्णलाई पनि दुःख दिएको बुझिएको छ । कर्णको घर हडप्ने नियतले दुई करोड ३२ लाख रुपैयाँको चेक हातमा पारेर धम्काउँदै आएका छन् । उनले कर्णबाट लिएको ४६ लाखको एउटा चेक बाउन्स गराएर राखेका छन् । यति मात्रै होइन कर्णबाट गन्तव्य इन्भेस्टमेन्ट इन्टरनेसनलको नाममा समेत चेक कटाएका छन् । सो इन्भेस्टमेन्ट कम्पनीसँग त्यसअघि कर्णले कुनै कारोबार गरेको प्रमाण भने छैन । इन्भेस्टमेन्ट कम्पनीले कर्णलाई यसअघि कुनै पनि रकम दिएको देखिँदैन । कम्पनीबाट हुने कारोबार बंैकिङ प्रणालीबाट हुनुपर्नेमा त्यस्तो देखिँदैन । यस विषयमा श्रीवल्लवले कुनै प्रतिक्रिया दिएका छैनन् । केही दिनअघि उनलाई ‘तपाईँको कम्पनीले अविनाश कर्णलाई कुन मितिमा कति पैसा दिएको छ ?’, भन्ने प्रश्न सोध्दा उनले कुनै उत्तर दिएनन् । नेपालको कम्पनी र अविनाश कर्णबीच कुनै कारोबार छैन तर कर्णलाई गन्तव्य इन्भेस्टमेन्टको नाममा चेक काट्न लगाएर चेक बाउन्स गराई कर्णविरुद्ध पक्राउ पुर्जी निकालेका छन् । अहिले कर्ण फरार छन् ।
यतिमात्रै होइन उनले इन्भेस्टमेन्ट कम्पनीबाटै सर्वासाधारणबाट सहकारीले जस्तै लाखौँ रुपैयाँ बचत उठाएको र सेयर बिक्री गरेको एक पीडितले बताए । केही दिनअघि एक सेयरसदस्यले दुई लाख रुपैयाँ लगानी फिर्ता लिन निवेदन दिएका थिए । तर, उनको निवेदनको कुनै सुनुवाइ भएको छैन । ‘यो कम्पनीले हामीलाई ठग्यो । न त कार्यालयको फोन उठ्छ न त श्रीवल्लव नेपालले फोन उठाउँछन्’, ती पीडितले भने, ‘हामीजस्ता तीन सय जनाभन्दा बढी ठगिएका छौँ ।’ उनका अनुसार प्रतिव्यक्ति दुई लाखदेखि तीन लाख रुपैयाँका दरले पठाइएको पैसा हिसाब गर्दा छ करोड रुपैयाँभन्दा बढी छ । इन्भेस्टमेन्ट कम्पनीले तराईमा जग्गामा लगानी गर्ने भन्दै सर्वसाधारणबाट पैसा उठाएको थियो । तर, जग्गाको धन्दा ‘कोल्याप्स’ हुने देखेपछि उनी सडकमा आउने निश्चित छ ।
यतिमात्रै होइन, केही सर्वसाधारणलाई सिराहस्थित भरत तालमा घुम्न लैजाने भन्दै रकम उठाएर फसाइएको छ । कसैलाई पोखराको एक रात निःशुल्क बासको व्यवस्था गरेर लाखौँ रुपैयाँ उठाइएको छ । यसरी जम्मा गरेको पैसा विभिन्न व्यक्तिलाई मिटरब्याजमा लगाउने गरेको आरोप पीडितको छ ।
सिन्धुपाल्चोक स्थायी घर भएका नेपालबाट ठगिनेहरू अधिकांश आफ्नै गृहजिल्लाका छन् । केही बचतकर्ता र सेयर किनेकाले छ महिनादेखि आफ्नो पैसा फिर्ता माग्न पटक–पटक निवेदन दिए पनि फिर्ता पाउन सकेका छैनन् । बरु नेपाल उनीहरूसँग सम्पर्कविहीन भएर भागिरहेका छन् । फोनमा समेत सम्पर्कमा नआएको एक पीडितले बताए ।
राष्ट्र बैंकका सूचना अधिकारी दिल्लीराम पोखरेलले यो विषय धितोपत्र बोर्डले हेर्ने भन्दै बोर्डमा सम्पर्क गर्न अनुरोध गरे । धितोपत्र बोर्डको कार्यालयमै पुगेर उक्त कम्पनीले कारोबार स्वीकृति लिएको विषयमा प्रतिक्रिया माग्दा त्यहाँका सूचना अधिकारी तेजप्रसाद देवकोटाले उक्त कम्पनी दर्ता भए/नभएको वेबसाइटमा उल्लेख हुने बताए । तर, वेबसाइटमा हेर्दा यो कम्पनी दर्ता भएको देखिँदैन । यसरी विनादर्ता नै सर्वसाधारणबाट इन्भेस्टमेन्ट कम्पनीको नाममा उनले करोडौँ रकम उठाउँदै आएका छन् ।
नक्कली प्रेस सल्लाहकारको वेबसाइट नै नक्कली !
श्रीवल्लवले आफूलाई प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार बताउने गरेका छन् । तर, प्रधानमन्त्रीका वास्तविक प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ती व्यक्तिको फोटो पाउनेबित्तिकै पक्राउ गर्ने बताउँदै आएका थिए । तर, प्रचण्डपरिवारसँग श्रीवल्लवको राम्रै हिमचिम थाहा पाएपछि आचार्य पनि चुपचाप बसेका छन् । उल्टै श्रीवल्लवले आचार्यकै जागिर खाइदिने धम्की दिँदै आएको बुझिएको छ । सक्कली प्रेस सल्लाहकार नभए पनि प्रधानमन्त्रीबाटै संरक्षण पाएकाले उनको धन्दामा प्रधानमन्त्रीको भूमिका नै शंकास्पद देखिन्छ । यिनै नक्कली प्रेस सल्लाहकार नेपालले आफ्नो कम्पनीको वेबसाइट पनि नक्कली बनाएका छन् । वेबसाइटको नाम धधध।नककनचयध।अयm उल्लेख छ । तर, उक्त वेबसाइटको लिंक ब्राउज गर्दा बेलायतको लन्डनस्थित ‘क्रोमाइट’ नामक इलेक्ट्रोनिक स्टोरको पेज खुल्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया