नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता
काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बीच सम्झौता भएको छ । आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको संघले जनाएको छ । सोमबार दुई संस्थाबीच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्राडा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्री डाइरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यवस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बाँके, कपिलवस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी आँखा शिविरको आयोजना गरी दुई हजार दुई सय मोतियाविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने संघले जनाएको छ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग संघले गर्ने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले कतार च्यारिटीजस्तै दातृ निकायको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत पाँच वर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाविन्दुको सर्जरीमार्फत दृष्टि पुनर्स्थापनाका लागि संघसँग यो सम्झौता गरिएको जानकारी दिए । यसबाट दुई हजारभन्दा बढी बिरामीहरू प्रत्यक्षरूपमा लाभान्वित हुने उनले बताए । अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय भएकाले विभिन्न देशका नागरिकहरू नेपालमा आँखा उपचार गराउन आइरहेको संघका महासचिव भरतबहादुर चन्दले बताए । नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संघले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको उनको भनाइ थियो । कार्यक्रममा संघका अध्यक्ष पन्तले यो सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरूले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया