Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग सञ्चालक र डिलरको मिलोमतो खाद्य सामग्रीको मूल्य वृद्धि

उद्योग सञ्चालक र डिलरको मिलोमतो खाद्य सामग्रीको मूल्य वृद्धि


विराटनगर, वैशाख २१
विराटनगरमा लकडाउनको मौका छोपेर उद्योग सञ्चालक र डिलरवालाहरूले अत्यावश्यक बस्तुहरूको मूल्य वृद्धि गरेका छन् । विराटनगरमा लकडाउनको समयमा पनि कुल क्षमताको ५० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालनमा रहेका छन् । यसरी उद्योगहरू निर्वाध रूपमा सञ्चालन भएपनि खाद्य उद्योगहरूले अत्यावश्यक बस्तुको बिक्री वितरणमा लकडाउनको बहाना बनाएर आफ्ना डिलरहरूमार्फत मूल्य वृद्धि गरिरहेका छन् । मोरङ व्यापार संघ र मोरङ उद्योग संगठनका अनुसार लकडाउन सुरु हुनुभन्दा अगाडि सुनसरी मोरङ औद्योगिक क्षेत्रमा भएका उद्योग औसत ७५ देखि ८० प्रतिशत क्षमतामा मात्रै चल्ने गरेका थिए ।

कोभिड–१९ को विषम परिस्थितिमा पनि खाद्य उद्योगहरू औसत ५० प्रतिशत क्षमतामा चलिरहेको एक उद्योगीले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक क्षेत्रहरूमा रहेका खाद्य उद्योगहरूमा लकडाउनपूर्व पाँच हजार एक सय ९० जना श्रमिक कार्यरत रहेका थिए भने लकडाउनपश्चात् अहिलेसम्म करिब एक हजार छ सय दुई जना श्रमिकले काम गरिरहेको छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका खाद्य उद्योगका उद्योगी र उनीहरूका डिलर नै मूल्य वृद्धि गर्न सक्रिय भएको पाइएको छ ।

प्रदेश १ कै प्रमुख औद्योगिक करिडोर सुनसरी मोरङमा खाद्यान्नसम्बन्धी उद्योगहरू चामल, चिउरा, भुजा, दाल, पिठो र तेल उत्पादनका उद्योगहरू ५० प्रतिशत क्षमतामा चलेको उक्त उद्योगीको दाबी छ । यो उत्पादन क्षमताले ५ महिनाको माग सहजै धान्न सकिने अवस्था हुँदाहुदै उद्योगी र उद्योगीका डिलर मिली मूल्य वृद्धि गर्नु मानवीय धर्मभन्दा बाहिरको भएको उनले बताए । अहिले खाद्य उद्योगबाहेकका उद्योगहरू जस्तैः बिस्कुट, चिया, औषधि, चाउचाउ, स्न्याक नुडल्स उद्योग पनि ५० प्रतिशत क्षमतामा चलेको उनले बताए । पछिल्लो समय लकडाउनको समय करिब डेड महिना हुन लाग्दा केही उद्योगहरूको स्टकमा रहेको कच्चा पदार्थ कम हुँदै आएकोले केही स्थानमा औषधि र खाद्यान्यका उद्योगहरूलाई केही समस्या परेको हुनसक्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया